शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कलश स्टक मार्केट मार्फत हुने कारोवारको रकम ईसेवावाटै भुक्तानी गर्न सकिने

मंगलबार, भाद्र १९ २०८०

काठमाडौं – कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) र ईसेवा विच सेयर कारोवार भुक्तानी ईसेवा वाटै गर्न सकिने गरी सम्झौता भएको छ । म्झौतापत्रमा कलश स्टक मार्केट प्रा.लि.का कार्यकारी अध्यक्ष शालिकराम अधिकारी र ईसेवाका प्रवन्धक हेम घिमिरेलेले हस्ताक्षर गरी सो सेवा प्रारम्भ भएको घोषणा गरिएको छ । आफ्ना ग्राहकलाई प्रविधिमा आधारित नविनतम सेवा सुविधा दिन प्रतिवद्ध कलश स्टक मार्केट र नेपालकै पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा विच भएको यस सम्झौताले शेयर लगानीकर्ताहरुलाई कलश स्टक मार्केटबाट गरेको सेयर कारोवारको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ ।

बैंक तथा वित्तिय क्षेत्र तथा समाजका विभिन्न पेशा ब्यवसायमा सफलता हासिल गरेका लब्ध प्रतिष्ठित एवं अनुभवी व्यक्तिहरुको अगुवाईमा स्थापना भै नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल सेवा प्रदान गर्न अनुमति प्राप्त गरी हालैमात्र बुद्घनगर, काठमाण्डौ स्थित मुख्य कार्यालयबाट सेवा शुभारम्भ गरेको कलश स्टक मार्केटले आफ्ना ग्राहकहरुलाई विभिन्न अत्याधुनिक सुविधाका साथ ग्राहक मैत्री सेवा दिने प्रतिवद्धता जनाएको छ । यसका साथै विश्वसनीय अनलाईन सेवाका लागि ख्याती आर्जन गर्न सफल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।