काठमाडौं- एनएमबी बैंकले क्यासव्याक अफर घोषणा गरेको छ । बैंकले डेबिट कार्डमा एक सय क्यासब्याक अफर घोषणा गरेको हो ।
बैंकका अनुसार अफर अन्तर्गत बैंकका सबै ग्राहकहरू तथा हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पिओएस) मार्फत कारोबार गर्दा क्यासब्याक पाउँनेछन् । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने बैंकले भनाई छ ।
बैंकले हाल देशभरी फैलिएका आफ्ना दुई सय एक वटा शाखा, एक सय ४४ वटा एटिएम र १२ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।