काठमाडौं – धनुषाको शहिदनगर नगरपालिका–६ हरवाडा चपुतरा चोकस्थित पोखरीमा डुबेर सोही ठाउँस्थित मामाघर बस्दै आएका सिरहा कर्जनाहा नगरपालिका–२ बन्दिपुर बस्ने महेन्द्र मण्डलको छोरा ३ वर्षीय अनुराग मण्डलको शुक्रबार बिहान मृत्यु भएको छ ।
अचानक लड्दा पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
पर्वतको फलेवास नगरपालिका–३ शङखरपोखरी घर भई सोही नगरपालिका–४ शिरसुवा बस्ने ६२ वर्षीया हरिकला नेपालीको सोही ठाउँस्थित सिचाईको कुलोमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।