शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दाङका जुवाडे च्याप्पै

शुक्रबार, भाद्र १५ २०८०

दाङ – घोराही उपमहानगरपालिका–१४ स्थित जगत चौधरीको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय बिबेक चौधरी लगायत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालयय घोराहीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४७ हजार ३ सय र ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।