शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश घोषणा

बुधबार, भाद्र १३ २०८०

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको बुधबार बसेको संचालक समितिको बैठकले गत बर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत (कर सहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्नेछ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका सात वटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ्ग सेवा, दुई सय दुई वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।