दाङ – लमही नगरपालिका–३ मजगाउँ बस्ने निसान चौधरीकी छोरी १ वर्षीया निचिता चौधरीको सोही ठाउँस्थित कुलोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी डेरा गरी बस्ने रूकुम पश्चिम मुसीकोट नगरपालिका–११ चौखाबाङ घर भएकी लिला वलीकी छोरी २ वर्षीया रिया वलीको सोही ठाउँस्थित कुलोमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको तुलसी अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।