बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मृत अवस्थामा फेला

मंगलबार, भाद्र १२ २०८०

काठमाडौं – मोरङको उर्लाबारी नगरपालिका–९ चक्रेटोल बस्ने ६० वर्षीय कमान सिंह लिम्बु सोही ठाउँस्थित धानखेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बाराको कोल्हबी नगरपालिका–१ डेरा गरी बस्ने सिम्रौनगढ नगरपालिका–४ घर भएका ३० वर्षीय देव मुखिया बिन डेरा घर बाहिर मंगलबार मृत अवस्थामा फेला परेका छन् । झापाको भद्रपुर नगरपालिका–९ घोडामारा बस्ने सोमनाथ सिग्देलकी छोरी २ वर्षीया निर्जला सिग्देल सोही ठाउँस्थित नालीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । सोही ठाउँस्थित केदारेश्वर शिव पञ्चायन मन्दिर अगाडि खेलिरहेकी उनी हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घोडामारा खटिएको प्रहरीले स्थानियबासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।

गोरखाको गोरखा नगरपालिका–११ बाह्रकिलो चोकस्थित पशु संकलन केन्द्रभित्र पालुङटार नगरपालिका खोरलाङ बस्ने ३५ वर्षीय अर्जुन नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन् । धादिङको निलकण्ठ नगरपालिका २ र १४ स्थित पलाखु खोलामा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।