काठमाडौं – मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा रामहरि दाहाल पुनः नियुक्त भएका छन् । कम्पनीकोे बिहिवार बसेको १४४ औं सञ्चालक समितिको बैठकले हालका प्रमुख कार्यकारी अधिकृत दाहाललाई असोज १ गतेबाट लागु हुने गरि आगामी ४ वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, कम्पनीको स्वतन्त्र संचालकमा आयुष ओझालाई आगामी ४ बर्षको कार्यकाल रहने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।