बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषधसहित एक जना पक्राउ

बुधबार, भाद्र ६ २०८०

कञ्चनपुर – भिमदत्त नगरपालिका–१८ कटानबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित सोही नगरपालिका–१३ बस्ने २७ वर्षीय संजय साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट पुष्पलालचोकबाट खटिएको प्रहरीले बा.४९ प ५४४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।