शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कुल वस्तु निर्यात २१ प्रतिशतले घट्यो, एक बर्षमा एक खर्ब ५७ अर्बको वस्तु निर्यात

शनिबार, भाद्र २ २०८०

काठमाडौं – मुलुकको कुल वस्तु निर्यातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी २०७९-८० को प्रतिवेदन अनुसार आज २०७९-८० मा कुल वस्तु निर्यातमा २१ दशमलव चार प्रतिशतले कमी आई एक खर्ब ५७ अर्ब १४ करोड रुपैंयाँमा सिमित भएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो निर्यात ४१ दशमलव सात प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय १८ दशमलव तीन प्रतिशत र १० दशमलव सात प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा वर्षमा कुल वस्तु आयातमा १६ दशमलव एक प्रतिशतले कमी आई १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात २४ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव चार प्रतिशत, १५ दशमलव नौं प्रतिशत र २० दशमलव सात प्रतिशतले घटेको छ । वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेशनरी सामान, अलकत्रा, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस, एम.एस.विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुसार निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आव २०७९-८० मा कुल वस्तु व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले कमी आई १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २३ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात नौं दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १० दशमलव चार प्रतिशत रहेको थियो। द्दछ। समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ५४ अर्ब ४२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात दुई खर्ब १३ अर्ब ५३ करोड बराबरको भएको थियो ।

वृहत्त आर्थिक वर्गीकरणअनुसार आर्थिक वर्ष २०७९-८० मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव सात प्रतिशत र ४४ दशमलव छ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात शुन्य दशमलव सातप्रतिशत रहेको छ । अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७ दशमलव पाँच प्रतिशत, शुन्य दशमलव शुन्य चार प्रतिशत र ५२ दशमलव चार प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको आठ दशमलव चार प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ५२ प्रतिशत, १० दशमलव एक प्रतिशत र ३७ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ ।