बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एभरेष्ट बैंकद्वारा आकर्षक ब्याजदरमा झन्झट रहित “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात

शुक्रबार, भाद्र १ २०८०

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आफ्ना १२७ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ । आउँदै गरेको चाडपर्वहरु तिज, दशैं, तिहार र छठको शुभ अवसरमा बैंकले नेपाली नागरिकका लागि “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात गरेको छ । भाद्र १ गते देखी लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १० दशमलव ७४ प्रतिशतको स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि सत् प्रतिशतसम्म बैंक लगानी रहने छ । सवारी कर्जा १० दशमलव ९९ प्रतिशतको स्थिर व्याजदरमा प्राप्त गर्नुका साथै विद्युतिय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ । साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ ।

तीन महिनाको लागि लागुहुने “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” मा कृषि साना तथा मझौला कर्जा आधार दर र एक दशमलव ५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिने छ । । साथै बैंकका नायब महाप्रबन्धक गौरव कुमारले सम्पूर्ण ग्राहकहरुलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आव्हान समेत गरे ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।