काठमाडौं। प्रहरी प्रधानकार्यालयले ९ सय ५८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरको ३० साउनको निर्णयबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसअघिका आईजी धिरज प्रताप सिंहको कार्यकालमा इन्स्पेक्टरहरूको सरुवा निकाल्न खोजेपनि भएको थिएन।
सरुवा मापदण्ड लागु गरेर सरुवा गरिएको बताइएको छ ।
हेर्नुहोस् सूची