काठमाडौ – नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा एक अर्ब १५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०८० भदौ तीन गतेदेखि २०८१ भदौ तीन गतेसम्मको लागि लगानी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ९२ करोड, बिकास बैंकहरुको लागि १७ करोड २० लाख र फाईनान्स कम्पनीहरुको लागि पाँच करोड ७५ लाख रुपैयाँ रुपैयाँ छुुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही साउन २५ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका शर्तहरु तोकिएका छन् ।