शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कामना सेवा विकास बैंक र डच एण्ड डोरिज रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता

मंगलबार, साउन २३ २०८०

काठमाडौं – कामना सेवाविकास बैंक र डच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौंता भएको छ । ति संस्थाहरुबिच सोमबार मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले काठमाडौं, पुतलीसडकस्थित डच एण्ड डोरिज रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।