शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

१४ वटा बिकास बैंकले एक बर्षमा कमाए छ अर्ब 

कुन बैंकले कति कमायो नाफा ? हेर्नुहोस यस्तो छ वित्तीय विवरण

सोमबार, साउन २२ २०८०

काठमाडौं – आर्थिक बर्ष २०७९–०८० मा सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरु मध्येमा १४ वटा बिकास बैकहरुले पाँच अर्ब ९३ करोड रुपैंयाँ खुद मुनाफा कमाएका छन् । बिकास बैंकहरुले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा केही कम हो । अघिल्लो आवमा भने यि बैंकहरुले छ अर्ब ४२ करोड रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
आव २०७९–०८० सबैभन्दा बढी नाफा मुक्तिनाथ बिकास बैंकले कमाएको छ । मुक्तिनाथले एक अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा गरिमा, शाईन रेसुंगा, लुम्बिनी, ज्योति र महालक्ष्मी बिकास बैंकले क्रमशः एक अर्ब २१ करोड, ६८ करोड ६८ लाख, ६१ करोड २४ लाख, ५५ करोड ३२ लाख र ४७ करोड नौं लाख रुर्पैंयाँ खुद मुनाफा कमाएका थिए ।
आव २०७९–०८० काना सेवा, साँग्रिला, मितेरी र कर्णाली डेभलपमेन्ट बैंकले भने क्रमशः ४३ करोड ११ लाख, ३४ करोड ३७ लाख र १६ करोड दुई लाख र चार करोड ४३ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । कर्पोरेट, ग्रिन र सिन्धुले भने आव २०७९–०८० मा क्रमशः एक करोड ८४ लाख, एक करोड ८४ लाख र एक करोड ३४ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यस अवधिमा नारायणी डेभलपमेन्ट बैकले भने दुई करोड ९१ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।
आर्थिक बर्ष २०७९–०८० मा बिकास बैंकहरुले कमाएको नाफा (रकम रु हजारमा) 
१मुक्तिनाथ बिकास बैंक१३६३८६७.५२
२गरिमा बिकास बैंक१२१२७७२.२८
३शाईन रेसुंगा डेभलपमेन्ट बैंक६८६८२६.०७
४लुम्बिनी बिकास बैंक६१२४८२.८०
५ज्योति बिकास बैंक५५३२०१.१७
६महालक्ष्मी बिकास बैंक ४७०९६२.७०
७कामना सेवा बिकास बैंक ४३११९८.७८
८साँग्रिला डेभलपमेन्ट बैंक३४३७२१.९८
९मितेरीडेभलपमेन्ट बैंक१६०२९९.५२
१०कर्णाली डेभलपमेन्ट बैंक४४३१३.४७
११कर्पोरेट डेभलपमेन्ट बैंक१८५१४.१४
१२ग्रिन डेभलपमेन्ट बैंक१८४८९.१०
१३सिन्धुु बिकास बैंक१३४०३.३४
१४नारायणी डेभलपमेन्ट बैंक–२९१४२.३६
कुल५९३००५२.८७
(श्रोत सम्वन्धीत बैंकको अपरिष्कृत वित्तीय विवरण)