शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सशस्त्रमा दरबन्दी त आयो तर एक जनाको निहुँमा बढुवा नै रोकियो

आइतबार, साउन २१ २०८०

सशस्त्र प्रहरी बल नेपालले यो वर्षको निम्ति एसएसपीसम्म १७५ जनाको नयाँ दरबन्दी सिर्जना गरेको छ । निकै ठूलो कसरतपछि बल्लतल्ल उक्त दरबन्दी कायम भएको हो तर त्यसमा रोलक्रमअनुसार १२ जनालाई एसएसपीमा बढुवा गर्दा आइजिपीनिकट एक जना छुट्ने भएपछि भएभरका सबैको बढुवा प्रक्रियामा रोक लागेको बुझिएको छ ।

सम्भावित बढुवाका उम्मेदवारहरुले बढुवा फाराम भरिसकेका छन् । फाराम भर्नेलाई ब्यारेक र कमाण्ड छाडेर कतै चाकडीमा नजान कडा निर्देशन पनि दिइसकिएको छ । १४ नम्बरमा रहेका विकास घिमिरे जो अहिले इन्टेलिजेन्सतर्फ दुई नम्बरमा छन्,उनैका निम्ति अहिले केही केहीको सास अड्किएको अवस्था छ ।

उनलाई १२ भाइभित्र पार्नैपर्ने सशस्त्र प्रमुख राजु अर्यालको अडान र सिनियरिटीअनुसार सिफारिस गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनले देउवाकालको दिपेन्द्र कुँवर काण्ड बल्झाएको कतिपयको कथन छ । अर्याल भने १४ नम्बरका विकासलाई जसरी पनि फुली थप्दै इन्टेलिजेन्सको चिफ बनाउन कम्मर कसेर लागेको गृहमन्त्रालयतिर रिपोर्टिङ भैसकेको छ ।

हुन पनि उनले रौतहटका एसपी ध्रुव कार्कीलाई देखिने गरेर बिगारेकै थिए । एसपी कार्की मातहतका हवल्दारले एक प्याकेट गुट्खा र पानपराग घुस खाएको नाममा गोप्य सूचना माथि पुर्याएर घिमिरेले कार्कीले भोलिपल्ट पाउनै लागेको उत्कृष्ट गणको उपाधी खोसिदिएका थिए । उपाधी खोसेर नपुगी उनले कार्कीको उक्त पदक आफैँले भिर्ने वातावरणसमेत बनाए ।

उनी पटक पटक कारबाहीबाट पनि बच्दै आएको एक जना पूर्व सशस्त्र प्रमुखले बताए । तर,भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउँदै आएका आइजी राजु अर्याल किन चुक्लीको अभ्यस्त बने,यस्ता पात्रबाट भोलि सधैं चुक्ली सुन्न पाइने होइन भन्ने ध्रुवसत्यलाई किन स्वीकार्न सकेनन् त्यो भने आश्चर्यको विषय भएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

घिमिरेमाथि पोहोर खुमल्टारस्थित दक्षिणकाली गणमा रहँदाको बखत पनि भत्ता काण्ड लागेको थियो । उनले निर्वाचन आयोगबाट प्राप्त खाजा भत्ता कार्यालयमा बुझाउन आदेश दिएसङ्गै गणबाट निर्वाचनमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुले चर्को असन्तुष्टि जनाएका थिए ।

प्रति दिन २५५ रुपैयाँको दरले प्रतिव्यक्ति चार हजार ७०० रुपैयाँ खाजा भत्ता निर्वाचन आयोगले सम्बन्धित कर्मचारीको खातामा जम्मा गरिदिएको थियो । तर उक्त रकम ब्यक्तिको खातामा आए पनि गणमा फिर्ता गर्न गत मंसिर ९ गते निर्देशन दिएका थिए ।

निर्वाचन क्रममा जुनियर अधिकृत,बिल्लादार र जवानको झण्डै दुई लाख रुपैयाँ जिल्ला निर्वाचन कार्यालयले कर्मचारीको खातामा हालिदिएको थियो । तर उक्त रकम एकाउण्टेण्टलाई नगद दिन उर्दी जारी गर्ने यिनै थिए । ती निरीह कर्मचारीलाई रकम नबुझाएसम्म बिदा आउट बन्द गरिदिएकाले सबैले बाध्य भएर रकम फिर्ता गरे ।

त्यसैगरी गत आमनिर्वाचनमा ललितपुरको मुख्य निर्वाचन कार्यालय जाउलाखेल,२ नम्बर क्षेत्र निर्वाचन कार्यालय सातदोबाटो र १ नम्बर निर्वाचन कार्यालय गोदावरीको सुरक्षार्थ क्रमशः १५ र ११ जनाको दरले खटिएका कर्मचारीको खाजा भत्ता पनि उनले खाइदिएका थिए । दृष्टिबाट