काठमाडौं – सानिमा बैंकले आर्थिक बर्ष २०७९/८० मा दुई अर्ब ६१ करोड ९२ लाख १६ हजार छ सय ३६ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा दुई अर्ब नौं करोड ३१ लाख १५ हजार आठ सय २८ रुपैंयाँ रहेको थियो । हाल चुक्ता पुँजी १२ अर्ब ४६ करोड एक लाख १५ हजार ५९ रुपैंयाँ रहेको बैंकले आव २०७९÷८० मा एक खर्ब ७५ अर्ब ६४ करोड ३० लाख ४६ हजार आठ सय छ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख घट हजार पाँच सय ८७ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ४८ करोड ९३ लाख नौं हजार नौं सय ६७ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
सो अवधिमा चार प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ७८ करोड ८९ लाख ६५ हजार पाँच सय ८९ रुपैंयाँ रहेको छ । अघिल्लो आवमा भने बैंकले एक खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख ३५ हजार दुई सय ३९ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ३६ अर्ब ५१ करोड ८० लाख ३७ हजार नौं सय ३० रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ६५ करोड १७ लाख ६२ हजार सात सय सात रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैकमा शुन्य दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा तीन दशमलव ८६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब २३ करोड ९७ लाख ३७ हजार सात सय ९४ रुपैंयाँ रहेको थियो ।