काठमाडौं – बेष्ट फाईनान्सले आर्थिक बर्ष २०७९/८० मा तीन करोड ८६ लाख ६९ हजार चार सय ४५ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाईनान्सले १६ करोड ७२ लाख एक हजार तीन सय ६३ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । हाल चुक्ता पुँजी ८५ करोड ४८ लाख १६ हजार सात सय ७९ रुपैंयाँ रहेको फाईनान्सले आव २०७९÷८० मा चार अर्ब १७ करोड १५ लाख ६२ हजार आठ सय पाँच रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५९ करोड एक लाख ६५ हजार एक सय पाँच रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड नौं लाख २५ हजार सात सय ९३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा तीन दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
वितरणयोग्य नाफा २० करोड ८४ लाख १८ हजार दुई सय दुई रुपैंयाँ रहेको फाईनान्समा चार दशमलव ५७ प्रतिशत स्प्रेड दर रहेको छ । अघिल्लो आवमा भने फाईनान्सले तीन अर्ब ६० करोड ५२ लाख ७९ हजार दुई सय ९४ रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब १९ करोड ६० लाख तीन हजार चार सय २८ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ६६ लाख ५३ हजार सात सय सात रुपैंयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा दुई दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २७ प्रतिशत रहेको थियो ।