शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जङ्गीअड्डामा मज्जाले मुख्यसचिवलाई कुर्छन् जर्सा”बहरु

शुक्रबार, साउन १९ २०८०

‘सैनिक नेतृत्व कमजोर भएर हो या परनिर्भर हुनु पर्ने अरु कुनै बाध्यता छ !’,घन्टौं कुरेर प्रधानसेनापति मुख्यसचिव भेट्न आतुर भएको घटनालाई लिएर जंगीअड्डाका अधिकारीहरुले गरेको टिप्पणी हो यो ।

सन्दर्भ हो – मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई प्रधानसेनापति प्रभुराम शर्माले जंगीअड्डामा निम्त्याएर हालै गरेको भेट । आइतबार सैनिक अभ्यास र प्रचलन विपरित मुख्य सचिव अर्याललाई जंगीअड्डा बोलाइयो । तीन बजे निम्तो पाएका मुख्यसचिव अर्याल तीन घण्टा ढिला अर्थात् साँझ ६ बजे पुगे । फलामे अनुशासनमा चल्ने फौजी संगठनमा सामान्यतया: त्यसरी कुराउने गरिंदैन । कारणवश बोलाइएका पाहुना समयमै पुग्न नसक्ने अवस्था आइलागे अगाडि नै भेटघाट ‘रिसेड्युल’ गरिन्छ । तर, मुख्यसचिव अर्यालको हकमा त्यस्तो भएन, जर्सा”बहरु जंगीअड्डामा फुर्सद निकाल्दै मज्जाले कुरेर बसे ।

सामान्यतया: प्रधानसेनापतिले यसरी निजामती कर्मचारीका हाकिमसँग भेटघाट गर्नुलाई सेनामा राम्रो मानिंदैन । रक्षामन्त्री र रक्षा सचिवसँग आवश्यकताअनुसार भेटघाट र छलफल गर्ने अभ्यास हो । प्रधानसेनापतिले सिधै रास्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गरिरहेका पनि हुन्छन् । संस्थागत रुपमा सरकारसमक्ष आफ्ना कुरा राख्न सुरक्षा परिषद पनि छ । परिषद सचिवालयको हाकिम नै रक्षा सचिवलाई तोकिएको हुन्छ । मेजर जनरल त्यसको सह संयोजक रहन्छ ।

प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका पूर्वमुख्यसचिव शंकरदास बैरागीलाई पनि त्यसैगरी बोलाएर जंगीअड्डामा पार्टी खुवाइयो । पहिलो सुरक्षा सल्लाहकार भएकाले सुरक्षा परिषदमा उनको भूमिका रहन्छ,रहँदैन भन्ने कुरा औपचारिक जानकारीमा आइसकेको छैन । किनभने प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषद्मा रक्षामन्त्री,गृहमन्त्री, परराष्ट्रमन्त्री,अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव सदस्य रहन्छ । सुरक्षा सल्लाहकार नयाँ पद सृजना गरिएकाले परिषद्मा रहने नरहने सम्बन्धमा त्यस्तो अन्योल भएको हो ।

तर,उनैलाई जंगीअड्डामा निम्त्याएर पार्टी गरिएको भन्दै सैनिक अधिकृतहरु अचम्ममा परेका छन् । ‘नचाहिने चाकडी गरेको हो कि चिफको आत्मबल कमजोर भएर हो,यस्तो त यसअघि देखिएको थिएन’,एक अधिकृतले भने ।

सुरक्षा परिषद्मा रहने, नरहने निधो नभए पनि मुख्यसचिवबाट रातारात राजीनामा दिएर हाताहाती नयाँ पद पाएका बैरागीले पाउने सेवा सुविधाको बारेमा भने सेनालाई थाहै नदिई नियम बनाइएको छ । जनआस्थाबाट