बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कामना सेवा बिकास बैंकको खुद मुनाफा ४३ करोड ११ लाख

बिहिबार, साउन १८ २०८०

काठमाडौं – कामना सेवा बिकास बैंकले आर्थिक बर्ष २०७९–०८० मा ४३ करोड ११ लाख ९८ हजार सात सय ८१ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ५९ करोड ८५ हजार दुई सय ८५ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब २८ करोड ११ लाख ६४ हजार छ सय ६९ रुपैंयाँ रहेको बैंकले आव २०७९–०८० मा ५३ अर्ब ४७ करोड २४ लाख १० हजार पाँच सय ५७ रुपैंयाँ निक्षेप संकलन गरी ४३ अर्ब ९१ करोड ३९ लाख २६ हजार दुई सय १५ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब १६ करोड ५० लाख ३० हजार चार सय ५९ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेड दर चार दशमलव ५९ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने ५८ करोड ११ लाख २२ हजार छ सय ७२ रुपैंयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले ४६ अर्ब २५ करोड ६० लाख ७० हजार दुई सय ९७ रुपैंयाँ निक्षेप संकलन गरी ४२ अर्ब ३६ करोड २४ लाख २५ हजार नौं सय १८ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९९ करोड २७ लाख १४ हजार सात सय १२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८१ प्रतिशत रहेको थियो ।