काठमाडौं – प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको साउन १७ गते बुधबार बसेको बैठकले बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मानन्धरलाई नियुक्त गरेको हो ।
बैंकमा स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतकारुपमा व्यवस्थपकीय नेतृत्वमा रहेका नारायणदास मानन्धरको कार्यकाल यही साउन १६ गते समाप्त भएकाले बैंकको साउन १७ गतेका दिन बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।
संजीव मानन्धर स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत रहेका थिए । कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लि.को विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन् । अवकाशप्राप्त नारायणदास मानन्धर विगत १६ वर्षदेखि प्राईम बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । कार्यक्रममा संक्षिप्त मन्तब्य दिंदै अध्यक्ष राजेन्द्रदास श्रेष्ठले यस बैंकलाई नयाँ उँचाईमा पु¥याउन नारायणदास मानन्धरको उल्लेख्य भूमिका रहेको धारणा राखे ।