काठमाडौं – कामना सेवा विकास बैंकले बुधबार नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रा. लि. सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यो सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन् ।
उक्त सेवा मार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो । काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा एक सय ३४ वटा शाखा, एउटा विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा एटिएम मार्फत ग्राहक हरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै, बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।