बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंकसंग सम्झौता नवीकरण

मंगलबार, साउन १६ २०८०

काठमाडौं – नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंककातर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालज्युले हस्ताक्षर गरेका छन् ।

यो नवीकरणले शेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्नेछ, साथै एनआइएमबि एस क्यापिटल र ज्योतिविकास बैंकको साझा प्रतिवद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्नेछ । यी दुवै संस्थाहरूले विगत थुप्रै वर्षहरुदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालाहरूसँग निर्बाध सञ्चार सुनिश्चित गर्न सँगै काम गरिरहेका छन् ।

यो नवीकरणले एक–अर्काको सेवाप्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास देखाउनुको साथै एनआइएमबि एस क्यापिटलद्वारा प्रदान गरिएका सेवाहरूको असाधारण गुणस्तरलाई पनि पुष्टी गरेको छ ।