बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दुई खर्ब ४० अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

मंगलबार, साउन १६ २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई खर्ब ४० अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउने भएको छ । मंगलबार राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे उक्त परिमाणमा ऋण उठाउन लागेको जानकारी दिएको छ ।

आन्तरिक ऋणको लागि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब, दोस्रो त्रैमासमा ५५ अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब र चौंथो त्रैमासमा ७७ अर्ब रुपैंयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको जानकारी राष्ट्र बैंकले दिएको छ । यसको लागि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकका अनुसार यो आन्तरिक ऋण राष्ट्र बैंकले सरकारको लागि उठाउन लागेको हो । चालु आर्थिक बर्षमा कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैंयाँ बजेट रहेको छ । उक्त बजेटको श्रोत प्राप्तीकोरुपमा राजश्वको योगदान १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैंयाँ रहेको छ । सो अनुसात अपुग रकमको लागि राष्ट्र बैंकले सरकार कैं योजना अनुसार दुई खर्ब ४० अर्ब रुपैंयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।