बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको लाभांश घोषणा

सोमबार, साउन १५ २०८०

काठमाडौं – लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८० का लागि लाभांश घोषणा भएको छ ।

कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई नौं दशमलव पाँच प्रतिशत नगद लाभांश (कर सहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई आठ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ ।

लक्ष्मी क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले यि दुई योजनाको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।