बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अबदेखि भ्रमणमा जानेहरुको २५ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने

शुक्रबार, साउन १२ २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याउने क्रममा भारत बाहेकका तेस्रो मुलुक जानेहरुलाई अमेरिकी डलर २५ सयसम्मको सटही सुविधा दिएको छ । शुक्रबार एकीकृत परिपत्र २०७९ लाई संसोधन गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

बाँणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकहरुले भारत बाहेक अन्य मुलुकहरुमा भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी वापत प्रतिपटक अमेरिकी डलर २५ सय वा सो बराबरको परिवत्र्र्य बिदेशी मुद्राको सटही सुविधा दिनु पर्ने छ । तर यस्तो सुविधा एक बर्षमा दुई पटकले नबढ्ने गरी दिनुपर्ने छ । राष्ट्र बैंकका अनुसार एक बर्ष भन्नाले एक आर्थिक बर्षलाई जनाउने छ । यो परिपत्र जारी भएको मिती अर्थात २०८० साउन १२ गतेको देखि नैं गणना हुने छ । तर यो परिपत्र जारी भएको मिती २०८० साउन १२ गते अगावै राहदानी वापतको सटह सुविधा लिई भ्रमण गरिसकेको हकमा भने आर्थिक बर्ष २०८०–०८१ मा प्रति पटक अधिकतम अमेरिकी डलर २५ सय गरी अधिकतम दुई पटक सटही सुविधा प्रदान गर्न बाधा पर्ने छैन, परिपत्रमा भनिएको छ ।

यसैगरी सम्वन्धीत निकायबाट श्रम स्वीकृती लिई बैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर दुई सयसम्म मात्र सटही सुविधा उपलब्ध गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।