काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं वडा नं १४ मा रहेको कुलेश्वर र वडा नं ०४ मा रहेको धुम्बाराही शाखाहरु २०८० साउन १० गतेबाट सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमीतथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्तशाखाहरु विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आप देशभर रहेका तीन सय चार वटा शाखा सञ्जाल, तीन सय सात वटा एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।