बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एभरेष्ट बैंक र भिजि ईम्पेक्सबिच सम्झौंता

बुधबार, साउन १० २०८०

काठमाडौं – भि.जि. ईम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको छ । कम्पनीलेआईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको जानकारी दिएको छ ।

सम्झौतामा भि.जि.ईम्पेक्स –जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले जि.डब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् । जि.डब्लु.एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ, यो सहकार्य गरिएको हो । यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् ।

बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदर सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । तीन वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी व्याजदर १० दशमलव ८० प्रतिशत रहने छ । जि.डब्लु.एमका इलेक्ट्रिक गाडीको लागि ११ दशमलव ३० प्रतिशत प्रभावकारी व्याजदर रहने छ । जि.डब्लु.एमका आईसी मोडेलको गाडीको लागि ब्याजदर ११ दशमलव ८० प्रतिशत रहेको छ । जि.डब्लु.एमका इलेक्ट्रिक गाडी कोे लोन–टु–भ्यालु (लोन–टु–भ्यालु/बैंक फाइनान्स) मा ५० प्रतिशतसम्मको लगानीमा ब्याजदरमा थप शुन्य दशमलव ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र शुन्य दशमलव ५० प्रतिशत रहेको छ । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

जि.डब्लु.एमको बारेमा

जि.डब्लु.एम नेपालले हाभल एच६, हाभल जोलायन, पावर, विङ्गल ५ जस्ता विश्वव्यापी मोडेलहरूका साथ नेपालमा आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल भएको छ । अर्को पुस्ताको अत्याधुनिक अटोमोटिभ प्रोत्साहन गर्न प्रतिबद्ध, जि.डब्लु.एम नेपालले ग्रेट वाल मोटर्सबाट फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू प्रस्तुत गरिरहेकोे छ । नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ताको रूपमा, भि.जि. इम्पेक्सले जि.डब्लु.एमको विश्वव्यापी लाईन–अपहरू सफलतापूर्वक बजारमा ल्याएको छ र नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउँदै बिक्री र बिक्रीपछिका उत्कृष्ट सेवाहरूमा निरन्तरता दिँदै आएको छ ।

भर्खरै जि.डब्लु.एम नेपालले ईलेक्ट्रिक सवारी साधान अन्तर्गत ओरा ०३ प्रस्तुत नेपाली बजारमा सार्वजनिक गरेको छ । अहिले उपलब्ध टेष्ट ड्राइभहरू मार्फत रेट्रो आधुनिक शैली, उच्च–स्तरीय सुरक्षा मापदण्डहरू, आरामदायी सुविधाहरू, र अभूतपूर्व प्रविधि मिश्रित आकर्षणको अनुभव गर्नुहोस् ।