बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

वित्तीय साक्षरता सम्वन्धी मार्गदर्शन: २०७९ कार्यान्वयनमा, यस्तो छ, मागदर्शनको पुर्ण पाठ

मंगलबार, साउन ९ २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता सम्वन्धी मार्गदर्शन, २०७९ जारी गरेको छ । इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा सुचना जारी गर्दै उक्त मागदर्शन कार्यान्वयनमा ल्याउने गरी यो निर्देशिका जारी गरिएको राष्ट्र बैंकको भनाई छ ।

वित्तीय साक्षरता वित्तीय स्थायित्वको आधारशिला भएकोले वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्नको लागि यो निर्देशिका कार्यान्वयनमा ल्याउन निर्देशन दिईएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले विगतदेखि नैे वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । वित्तीय साक्षरताको अभियानमा नेपाल राष्ट्र बैंकको साथै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको समेत भूमिका वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न विभिन्न निर्देशनहरु जारी गर्दै आएको छ । यद्यपि, विभिन्न संस्थाका छरिएका कार्यक्रमबाट वित्तीय साक्षरता प्रबद्र्धन अभियानले अपेक्षित गति लिन नसकेको हुँदा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र समन्वयात्मक ढंगले एकीकृत रूपमा अघि बढाउन वित्तीय साक्षरता ढाँचा २०७९ जारी भएको सन्दर्भमा इजाजतपत्रप्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले यो वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरिएको हो ।

वित्तीय साक्षरता मार्गदर्शनको उद्देश्य वित्तीय साक्षरताको लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्ने, लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामाग्रीको प्रयोग सुनिश्चित गर्ने, वित्तयि साक्षरता कार्यक्रमको अनुगमनका लागि आधार निर्माण गर्ने, वित्तीय चेतना, ज्ञान र सीपको अभिवृदि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने, आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने आदि रहेका छन् । वित्तीय साक्षरता कार्यक्रम अन्र्तगत बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता अभिवृद्धिको लागि विभिन्न प्रकारका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्दछ । यसको लागि बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउँदै वित्तीय प्रणाली प्रति अभ्यस्त बनाई धेरैभन्दा धेरै नागरिकमा औपचारिक वित्तीय प्रणालीमा पहुँच पु¥याउने अभिप्रायले वित्तीय चेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । यसैगरी वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक संरचनाको विकास गर्ने र लक्षित वर्गका लागि उपयुक्त हुने गरी वित्तीय ज्ञानका विविध क्षेत्र समेटी व्यवस्थित रूपमा योजना तयार गर्नुपर्ने राष्ट्र बैंकको भनाई छ ।

यसरी योजना तयार गर्दा प्रत्येक लक्षित वर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार परिवर्तनको लागि सैद्धान्तिक एवम् व्यावहारिक पक्ष समेटी चार तहमा कार्यक्रम संचालन गर्नुपर्ने छ चजे संस्थाको योजनाको उचित कार्यान्वयनका साथै कार्यक्रमको नियमित अनुगमन तथा रिपोर्टिङका लागि संस्थाले पूर्ण प्रतिवद्धता व्यक्त गर्नुपर्नेछ । वित्तीय साक्षरता सामाग्रीको निर्माण संस्थाले वित्तीय साक्षरता सम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, संस्थाको ब्राण्डिंग गर्ने, व्यापारीक क्याम्पेन गर्ने नभई मूलतः उपयोगी वित्तीय ज्ञान तथा सीप विकास गर्नेमा केन्द्रित हुनुपर्नेछ । यसरी प्रदान गरिने वित्तीय ज्ञानका लागि वैयक्तिक÷व्यत्तिगत सञ्चार र परामर्श, पत्रपत्रिका,रेडियो तथा एफ.एम.,टेलिभिजन (साधारण नेपाली तथा स्थानिय भाषामा), सामुहिक प्रस्तुति र वार्ता कार्यक्रम, सामाजिक सञ्जाल, वेभसाईट, मोवाइल एप्लीकेशन, प्रकाशनहरु, पम्प्लेट, बुकलेट, हाते किताब, गीत, संगित, कथा, कविता, कमिक, मोवाइल लाइब्रेरी, डिजिटल बोर्ड, अनलाईन खेलकुद, प्रतियोगिता र पाठ्य सामाग्री लगायतका क्रियाकलापहरु गर्न सकिने मागर्दशनमा उल्लेख छ ।