बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आइसि.एफ. सि फाइनान्सको मेहेन्दी कार्यक्रम सम्पन्न

मंगलबार, साउन ९ २०८०

काठमाडौं – आइ सि. एफ. सि फाइनान्सले मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले श्रावण महिनामा विषेशरुपमा मनाइने महेन्दी कार्यक्रम “मेहेन्दीको महिना, माया र सद्भावले लगाऔँ” भन्ने सन्देश सहित आपसी सद्भाव अभिवृद्धी र मेहेन्दीको रङ्ग जस्तै सम्बन्धहरुलाई गाडा र रंगिन बनाउने अभिप्रायले आफ्ना ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।

फाइनान्सले देशैभरी रहेको विभिन्न २१ वटा शाखाहरुमा उक्त कार्यक्रम सम्पन्न गरेको छ । सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहक लगायत अन्य महिला दिदीबहिनीहरुको उल्लासमय उपस्थितीमा उक्त मेहेन्दी कार्यक्रम सम्पन्न भएको फाइनान्सले जनाएको छ ।