काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र मायाँ मेट्रो हष्पिटल प्रालि धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र मायाँ मेट्रो हष्पिटल प्रालिका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई मायाँ मेट्रो हष्पिटल प्रालि धनगढीमा प्राप्त हुने सेवाहरु जस्तैः एक्स रे, युएसजी, इको लगायतका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षकछुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशीले मायाँ मेट्रो हष्पिटल प्रालिसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।