काठमाडौं – सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटलबिच सम्झौंता भएको छ । दुबै संस्थाहरुबिच थप सार्वजनिक सेयर निष्काशन गर्ने बिषयमा सम्झौंता भएको हो ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले प्रति कित्ता एक सय रुपैयाँको दरमा ४६ हजार सात सय २९ दशमलव ५४ कित्ता शेयर अर्थात ८६ लाख ७२ हजार नौ सय ५४ रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौता—पत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गर्नु भयो ।
संस्थाको अधिकृत पूँजी एक अर्ब, जारी पुँजी ९१ करोड ५४ लाख ५छ हजार चार सय ६३ र चुक्ता पुँजी ९१ करोड सात लाख ८२ हजार पाँच सय आठ रुपैंयाँ रहेको छ । संस्थाले एक लाख ७१ हजार भन्दा बढी सदस्यहरु लाई सेवा दिदै आईरहेको छ । संस्थाको देशभर एक सय ९२ वटा शाखा कार्यलयहरु सञ्चालनमा रहेका छन् ।