बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजको विदेशी मुद्राको विनिमय दर थाहा पाउनुहोस्

बुधबार, साउन ३ २०८०

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा तथा युरो एकको खरिददर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसा कायम गरिएको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ १३ पैसा रबिक्री दर १४७ रूपैयाँ ८० पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ६९ पैसा र बिक्री दर १७२ रूपैयाँ ४८ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८९।२४ रुपैयाँ  र बिक्री दर ८९।६४ रुपैयाँ  तथा क्यानेडियन डलर एकको  खरिददर  ९९ रुपैयाँ  १८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसा कायम गरिदिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा तथा दक्षिण कोरीया वन १०० को खरिदमा १० रूपैयाँ ३९ पैसा र बिक्रीदर  १० रूपैयाँ ४३ पैसामा खरिदबिक्री हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले  साउदी रियाल एकको खरिद दर ३४।९ रुपैयाँ तथा  बिक्री दर ३५।६ रुपैयाँ,  मलेसियन रिंगिट  एकको खरिद दर  २८।८३  रुपैयाँ र बिक्री दर २८।९६  रुपैयाँमा कारोबार गर्ने अनुमति दिएको छ ।