काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम, देवघाटधाम लाई रकम हस्तान्तरण गरेको छ । तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम, देवघाटधाम लाई सिटिजन्स बैंकले दुई चरणमा गरि जम्मा पाँच लाख रकम हस्तान्तरण गरेको हो । संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यस अघि नगद तीन लाख रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरिक्षण पश्चात बाकी रकम दुई लाख उपलब्ध गराएको हो । गुरुकुल शिक्षा मार्फत संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पु¥याउदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।
साथै सिटिजन्स बैंक सम्सी शाखाले श्री जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।