बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो छ आज राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

सोमबार, साउन १ २०८०

काठमाडं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७७ रुपैयाँ रहेको कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४७।२९ रुपैयाँ  रहेको छ  भने बिक्री  दर १४७.९६ रुपैयाँ रहेको छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा कायम भएको थियो भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा रहेको  थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.५० रुपैयाँ पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर  ८९.७१  रुपैयाँ  रहेको छ  भने बिक्री दर ९०.१२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा  र बिक्रीदर  ९९ रुपैयाँ ७० पैसा पुगेको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा तथा दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३३ पैसा  र बिक्रीदर १० रूपैयाँ  ३८ पैसामा खरिदबिक्री हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको  खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर  २९.११ रुपैयाँ कायम गरिएको छ ।