बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

आइतबार, असार २४ २०८०

काठमाडौं – गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितीको फेरबदल भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ । साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएका छन् ।

सञ्चालक समितिमा सदस्यहरुको हेरफेर पश्चात् कम्पनीमा दिपक पाण्डेय अध्यक्ष, माधव प्रसाद उपाध्याय, अनिल श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनिल रेग्मी सञ्चालक रहेका छन् । यसैगरी महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ भने स्वतन्त्र सञ्चालक रहेका छन् ।

राजीनामा दिई स्वीकृत भएका सञ्चालकज्यूहरुको संस्थाको व्यवसायिक तथा बहुआयामिक उन्नयनमा महत्वपूर्ण तथा अतुलनीय योगदान रहेकोमा उच्च मूल्याङ्कन गर्दै सम्मान व्यक्त गरेको छ ।