बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैंयाँको ट्रेजरी बिल बिक्री गर्नै

आइतबार, असार २४ २०८०

काठमाडौ – नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैंयाँको टे«जरी बिल बिक्री गर्नै भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह तीन बजेसम्ममा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । भोलि बिक्री हुने ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ ।

जारी मिति असार २६ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैंयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने बिसं २०८० साउन २३ गते, बिसं २०८० असोज २३ गते, बिसं २०८० पुस २४ गते र बिसं २०८१ असार २६ गते तोकिएको छ ।

यसअघि यही असार १८ गते पनि २९ अर्ब २६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।