काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।
विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।
पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।
कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सभापति थिए।
बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि कोइराला चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए उनी वि.सं २०१६ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वरप्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचनमा स्पष्ट बहुमत ल्याएको थियो । उनी नेपाली कांग्रेसका सभापति र सात राजनैतिक दलहरूको मोर्चाको नेता थिए।
उनी ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न रहेका थिए । उनले आफ्नो राजनीतिक जीवनको सुरुवात, आफ्नो गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा गरेका थिए वि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भएको थियो ।
माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका उनलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ।