बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरु

मंगलबार, असार १२ २०८०

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ ।

पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

उक्त पुनर्जागरण अभियान यही २०८० साल असार ११ गते देखि २८ गते सम्म लागू हुने कम्पनीले जनाएको छ ।