बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

संसदमा प्रधानमन्त्री: आउँदो वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्स हुने

शुक्रबार, असार ८ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले राखेका प्रश्न र जिज्ञसाको जवाफ दिइरहेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमअनुसार शुक्रबार प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका हुन् ।

विभिन्न विकास निर्माण, स्वास्थ्य, शिक्षा, बजेटसहित भारतीय भ्रमणलगायतका विषयमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरिरहेका छन् ।

प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्सको काम सकिने जानकारी दिए । सांसद अच्युतप्रसाद मैनालीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उक्त जवाफ दिएका हुन् ।