बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भरुवा बन्दुक बरामद

बिहिबार, असार ७ २०८०

रुकुम (पूर्व) – भुमे गाउँपालिका–९ चारी खेल्नेस्थित तिलागैरा खोलाको ओढारबाट लुकाई छिपाई राखेको भरुवा बन्दुक ३ नाल बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय चुन्वाङबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।