काठमाडौं । उचित मूल्य नपाएको भन्दै कालीमाटीस्थित तरकारी बजारमा किसानहरुले गोलभेँडा फालेका छन् ।
आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका हुन् ।
उनीहरुले गोलभेँडा फालेर आन्दोलन गरेकोकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । ४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा पाँकेका हुन् ।
टनेलमा उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाएको हुँदा किसानले आफ्नो गोलभेँडा तरकारी बजारमा ल्याएर कालीमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरे ।
अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ यता नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।