बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषधसहित पक्राउ तथा बरामद

बिहिबार, जेष्ठ ३२ २०८०

काठमाडौं – नवलपरासी (पश्चिम), सरावल गाउँपालिका–४ पुर्नाहबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ९ एम्पुल, ब्रुप्रोनोर्फिन १३ एम्पुल, प्रोमेथाजाइन १३ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पाउडर २ ग्राम ४ सय ७ मिलिग्रामसहित सोही नगरपालिका–४ ललितपुर बस्ने ३२ वर्षीय सुधारे हरिजनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले यूपी ५६ एएम ७८८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनि लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित नारायणी काउन्टरको छेउबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ८ सय ग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।