बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

उपमहासचिव प्रदीप ज्ञवाली

गठबन्धन बनेपछि देश अस्थिरतातर्फ धकेलियो

बुधबार, जेष्ठ ३१ २०८०

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन बनेपछि मुलुक अस्थिरतातर्फ थकेलिएको आरोप लगाएका छन् । हालको गठबन्धनले स्वतन्त्रतातर्फ नभएर बिस्तारै शक्ति केन्द्रतर्फ धकेल्न लागिरहेको उनले बताएका छन् ।

आज (बुधबार) मकवानपुरमा भएको जिल्लास्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले सरकारप्रति तीब्र असन्तुष्टि व्यक्त गरे । ‘नेपाल र भारतको बीचमा डरलाग्दो व्यापार घाटा छ । भारतमा उत्पादन भएका सामानहरु खुरुखुरु हाम्रो भान्सासम्म पुगेका छन् । उनले भने, ‘नेपालमा उत्पादन हुने सामानहरु पनि भारतबाट आयात गरे जसरी नै निर्यात गर्न सके नेपालको मुहार फेरिनेमा सरकार त्यसतर्फ लागेको पाइएको छै ।’

भारतले जे भन्यो सोही कुरामा सरकार सकारात्मक देखिँदा नेपाल अस्थिरतातर्फ धकेलिएको बताउँदै उनले थपे, ‘नेपालको उर्जा उत्पादनमाथि भारतले एक प्रकारको वर्चश्व कायम गर्न खोजिरहेकोमा अहिलेको सरकार मौन बस्नु मुलुकको हितमा छैन ।’ पछिल्लो समयमा राष्ट्रिय राजनीति अप्ठेरो अवस्थामा पुगेको एमाले नेता ज्ञवालीले बताएका छन् । अहिले एमालेभित्र पनि वैचारिक काम कम हुँदै गएको उनले बताए ।