काठमाडौं । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपति दर्शन माथि प्रश्न उठाएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उदेश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन् ।
‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जॉदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो,’ भट्टराईले प्रचण्डको पशुपति दर्शनको तस्विर राख्दै लेखेका छन्, ‘तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका थिए ।
परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महत, पर्यटन मन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेका हुन् ।
उनले त्यहाँ आरती पनि अवलोकन गरेका थिए ।
यसअघि भारत भ्रमणका क्रममा उज्जैनस्थित मन्दिरमा उनले पूजा समेत गरेका थिए। त्यो बेला पनि भट्टराईले प्रचण्डको तस्वीर शेयर गर्दै हामी कता जॉदैछौंरु देश कता जॉदैछरु भनेका थिए ।
त्यहाँ प्रचण्ण्डले गेरू वस्त्र लगाएर पूजा गरेपछि ट्रोलको शिकार समेत भएका थिए ।