काठमाडौं – कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगंज बजारस्थित शिव मन्दिरमा सोही नगरपालिका देबनगडीया बस्ने ६० वर्षीय शंकर कहार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देहीको मायादेवी गाउँपालिका–१ धमौली बस्ने ५० वर्षीय कपिल लोध सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोल बस्ने ४५ वर्षीया दुर्गा थापा सोही ठाउँस्थित उखुबारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । रौतहटको परोहा नगरपालिका–७ स्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
काभ्रेको भुम्लु गाउँपालिका–७ राजकोटस्थित सुनकोशी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । मोरङको केराबारी गाउँपालिका–५ बस्ने ३८वर्षीय युवराज रानामगर सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।