बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एमाले अध्यक्ष ओली आज स्याङ्जा जाँदै

शुक्रबार, जेष्ठ २६ २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा जाने भएका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका र आधिखोला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न अध्यक्ष ओली बिहान त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।

उनले बिहान ११ बजे आधिखोला गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । त्यस्तै दिउँसो १ बजे कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसक्रममा अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनले नेता-कार्यकर्तासँग संक्षिप्त भेटघाट गर्ने कार्यक्रम पनि रहेको एमाले स्याङ्जाले जनाएको छ ।