बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बढ्याे सुनको मूल्य

मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ।  मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोलाछापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। सोमबार भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।