बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनको भाउ स्थिर

सोमबार, जेष्ठ २२ २०८०

काठमाडौ‌ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। सोमबार सुनको भाउमा कुनै फेरबदल भएको छैन।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

हिजो आइतबार सुनको भाउ १ हजार ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ पनि स्थि रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। आइतबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।