बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मृत अवस्थामा फेला

बिहिबार, जेष्ठ १८ २०८०

काठमाडौं – काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित होटल श्री गुरुको कोठामा गत सोमबारदेखि बस्दै आएका ओखलढुङ्गा सुनकोशी गाउँपालिका–७ घर भएका ३५ वर्षीय बसन्त कार्की बुधबार मृत अवस्थमा फेला परेका छन् । ईलामको सूर्योदय नगरपालिका–७ अम्बे बस्ने ४५ वर्षीय युद्ध बहादुर राई सोही ठाउँस्थित मकैबारीमा बुधबार मृत अवस्थामा फेला परेका छन । तनहुँको भानु नगरपालिका–१३ बिर्त्ता बस्ने ६६ वर्षीय बद्रिनाथ आचार्य ब्यास नगरपालिका–९ धनवासेमा बुधबार मृत अवस्थामा फेला परेका छन् । झापाको मेचीनगर नगरपालिका–१५ लाल झोडास्थित भगवती प्लाई फ्याट्रीको प्लाई स्टोर कोठामा सोही फ्याक्ट्रीमा काम गर्ने मोरङ कानेपोखरी गाउँपालिका–१ भाउन्ने घर भएका ४६ वर्षीय नगेन्द्र दाहाल बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।